मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु : वडा अध्यक्ष बुदे खत्री



१२ साउन २०७७, सुर्खेत/खगेन्द्र हमाल

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न.२ मा जनताले अपेक्षा गरे अनुसारको विकास नभएतापनी अढाई बर्षको कार्यकालमा सकारात्मक विकास भएको वडा अध्यक्ष बुदे खत्रीले बताउनुभयो ।

२०४६ सालदेखि नेपाली काँग्रेसबाट सक्रिय राजनीति शुरु गर्नुभएका वडा अध्यक्ष बुदे खत्री चिङ्गाडवासी जनताका लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । चिङ्गाडवासी जनताका हरेक सुख–दु:खलाई शेयर गर्दै जनताको मन जित्न सफल हुनभएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिष्टको लालकिल्ला तोड्ने एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्ष हुनुहुन्छ ।

बिगत देखिनै रानिबास भनेपछि कम्युनिष्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहाँलाई रानिबासवासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशील नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुँदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ निर्वाचित भएर आईसकेपछि समग्र रानिवासको विकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसँग गरिएको अन्तरवार्ताको अंशलाई हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

१. तपाईंको यो अढाई बर्षीय कार्यकालमा रानिबासका जनताले के कस्तो विकासको परिणाम देख्न पाएका छन ?

अध्यक्ष : म एउटा जनताको सेवा गर्नकै लागि २०४६ सालदेखि निरन्तर राजनीतिमा लागिपरेकाले मेरो अन्तरमनमा जनताको सेवा र समग्र रानिबासको विकासको बाहेक अन्यतिर कहिले पनि ध्यान गएन । नेपालमा पटक–पटकको व्यवस्था परिवर्तन हुँदा र राजनीतिक स्थिरता र स्थायी सरकार नहुँदा नेपाली जनताले सोचे अनुसारको विकास हामी राजनीतिक नेतृत्वहरुले चाहेर पनि गर्न सकेनौं । अहिले जनताले स्थिर सरकार पाएका छन् । रानिबासको सन्दर्भमा भन्नुपर्दा २०४६ साल पछिकै सन्दर्भलाई निहाल्ने हो भने सडक, खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा यति धेरै विकास भएको यो पहिलोपटक हो । रानिबासमा केही पनि विकास भएको छैन भनेर जुन कु–प्रचार बाहिर गरिएको छ त्यो एकदमै गलत हो । अहिलेको टेक्निकल स्पिड र जनताले आपेक्षा गरेअनुसारको विकासमा केही परिणामको कमी भएतापनी रानिबासमा विकास भएकै छ र मेरै कार्यकालमा म रानिबासको मुहार फेर्नेछु ।

२. अध्यक्षज्यू रानिबासमा खानेपानीको के कस्तो विकास भैरहेको छ ? रानिबासवासी जनताले खानेपानीको लागि कुनै समस्या त झेल्नु परेको छैन ?

अध्यक्ष : मेरो यो अढाई बर्षीय कार्यकालमा पारिलेख दुधिला, बिरकुरी, काफलकाँडा, काउलेमेला, गाकडा रहकुल बादाशाला, काँडापोखरी लिफ्ट लगायतका ठाउँहरुमा खानेपानीको राम्रो विकास भएको छ । तर यतिले मात्रै पुग्दैन अझै थप आवश्यकता अनुसार विभिन्न ठाउँमा जहाँ खानेपानीको अभाव छ त्यस्ता ठाउँमा हामीले खानेपानी उपलब्ध गराउने हेतुले कार्य योजना बनाएका छौं र रानिबासवासी जनतालाई खानेपानीको समस्या अहिले झेल्नुपर्ने अवस्था  छैन । त्यस्तो समस्या भएमा जनताका समस्या समाधान गर्नकै लागि जनताले निर्वाचित गराएका हुन र म सधैं जनताको सेवामा समर्पित हुनेछु ।

३. तपाईंको ईन्ट्रीपछि कृषिक्षेत्रमा के कस्तो विकास भएको छ ? समग्र रानिबासको सन्दर्भमा कुन–कुन ठाउँमा सिचाँईको सुविधा छ ? बताईदिनुहोस् ।

अध्यक्ष : नेपाल एउटा कृषि प्रदान देश हो । हामी प्राय नेपाली कृषिमा लगाव राख्छौं । हामी नेपालीहरुको पेशा नै कृषि भएकोले कृषि गर्नको लागि पहिलो कुरा त सिचाँईको आवश्यकता पर्छ, प्राविधिक सल्लाह सुझावको आवश्यकता पर्छ, त्यसका लागि हामी लागिपरेका छौं । वडाको क्षमताले भ्याय अनुसार सिचाँईको सन्दर्भमा भन्नुहुन्छ भने पहिलेको तुलनामा अहिले केही परिवर्तन भएको छ । हामीलाई थाहा छ यतिले मात्रै पुग्दैन यसलाई प्रभावकारी र कृषि मैत्री बनाउन हामी एकदमै लागिपरेका छौं । सिचाँई क्षेत्रमा बाधाशाला सिचाइ पोखरी, ज्युनिपोले सिचाँई पोखरी, गाकडा सिचाँई पोखरी, तलिगाउँ सिचाँई पोखरी निर्माण भएका छन् र थप सिचाँई पोखरीका लागि हामीले वडाको बजेटले भ्याएसम्म विभिन्न ठाउँमा पोखरी निर्माण गर्नेछौं ।

४. तपाई निर्वाचित भएर आएपछि रानिबासमा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा के कस्तो विकास भएको छ ?

अध्यक्ष : शैक्षिक क्षेत्रको कुरा गर्ने हो भने भौतिक संरचना अन्तर्गत आवश्यक भवनहरु निर्माण भएका छन्, शिक्षक दरबन्दीको जनशक्ति, स्वयमसेवक शिक्षक व्यवस्थापन, शैक्षिक अनुगमन, प्राविधिक शिक्षाको विकासको सन्दर्भमा कम्युटर ल्याब, बिज्ञान प्रयोगशाला, पुस्तककालय संचालन गरेका छौं । यसैगरी प्राविधिक शिक्षक संचालन, १८ महिने सिभिल ईन्जिनियरिङ र ३ बर्षीय डिप्लोमा सिभिल ईन्जिनियरिङ कक्षा संचालन भएको छ जसले गर्दा ग्रामीण क्षेत्रका बालबालिका विद्यार्थीहरुका लागि सहजै रुपमा प्राविधिक तथा अन्य शिक्षा पढ्न सकिने र अभिभावकलाई पनि यसले आर्थिक भार कमपर्ने भएको छ । प्रावि लेभलको शिक्षामा थप सुधार भएको छ र अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई गाईड गर्ने कुरामा अझैपनी कमीको महशुस भईरहेकोले अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने मानसिकता राखेर होमवर्क लगायतका बारेमा आफ्नो बच्चालाई निगरानी गर्ने र केही कमी कमजोरी देखिएमा शिक्षकसँग हरेक कुराहरु शेयर गर्ने गरेमा अझ बालबालिकाको शैक्षिक स्तरोन्नतिमा थप मद्दत पुग्ने थियो र हामीले पनि शिक्षक र अभिभावकको सम्बन्ध बलियो बनाउँदै बालबालिकाहरुलाई शैक्षिक क्षेत्रमा कसरी आकर्षण गर्ने भन्ने बारेमा गम्भीर ध्यानाकर्षण गरेका छौं । पहिलेको तुलनामा हेर्ने हो भने अहिले रानिबासको शैक्षिक उन्नती र प्रगती धेरै भएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा भन्नुहुन्छ भने रहकुल साविक २ मा प्रदेश सरकार मार्फत स्वास्थ्य ईकाई केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको सहयोगमा स्थापना गरिएको काँडापोखरीको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको श्रावण मसान्तसम्म यथाशीघ्र उद्घाटन गर्ने गरि हामी अघि बढेका छौं । जसले गर्दा स्थानीयवासीहरुले आफ्नो स्वास्थ्य चेकजाँच गर्न धेरै टाढा जानु नपर्नेमा बिशेष सहयोग पुग्नेछ ।

६. रानिबासको सडक निर्माण कार्य कहाँसम्म पुगेको छ र कुन–कुन ठाउँमा सडक निर्माण भैरहेका छन ?

अध्यक्ष : यो अढाई बर्षीय कार्यकालभित्र हामीले जुन लक्ष्य लिएर सडक निर्माणका कार्ययोजना अगाडि बढाएका थियौं त्यसमा हामी निकै सफल भएका छौं । हामीले गाकडा सडकखण्ड, बाठडेरा पिपलडाँडा सडकखण्ड, बाधशाला काफलकोट सडक खण्ड, तलिगाउ सडक खण्ड, बुगेनचौर सडक खण्ड, ढाडखेत बाउनधारा रजेना सडक खण्ड, निर्माण भएको छ र जितेजुवा पारिलेख सडक खण्ड यो आर्थिक बर्ष भित्र सम्पन्न गरिनेछ । निर्माण गरिएका सडकहरुको स्तरोन्नतिका निम्ति वडाको बजेटले भ्यायसम्म फेरि एकपटक अनुगमन गरि ग्राबेल गर्ने सोचमा छौं ।

७. पर्यटन र खेलकुद क्षेत्रमा के–के विकास भैरहेको छ ? पर्यटन र खेलकुद क्षेत्रमा वडाले ध्यानाकर्षण गरेन भन्ने आम जनगुनासो छ यसबारे आफ्नो धारणा स्पष्ट पारिदिनुहोस् ।

अध्यक्ष :: हामी पर्यटन र खेलकुद क्षेत्रलाई प्रभावकारी रुपमा विकास गर्ने सोचमा छौं । खेलकुदको सन्दर्भमा सुर्खेत जिल्लाकै उत्कृष्ट खेल मैदान जनतामाविमा देख्न सक्नुहुन्छ । यसैगरी नाङ्गिडाँडा, सेराचौर, पारिलेख, राहसी चौरलाई खेलकुद तथा पर्यटकीय क्षेत्र आगामी दुई बर्ष भित्र निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौं ।

८. रानिबासवासी जनताले अबको कति समयपछि विद्युत उपभोग गर्न पाउँछन त ?

अध्यक्ष : हामीले दुई बर्षको टार्गेट राखेर तिब्र गतिमा काम गरिरहेका थियांै, बिचमा कोरोना लगायत यावत समस्याहरु आउँदा काम गर्ने सन्दर्भमा समस्याहरु भए, केही समय लाग्न सक्छ, मेरै कार्यकालमा रानिबासवासी जनताले विद्युत उपभोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्