सोती घटना : संसदीय समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाइयो



१२ साउन, काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।

संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाएको हो। सो प्रतिवेदन यही असार ८ गते पठाइएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोतीमा ६ जनाको हत्याको विषयमा सत्यतथ्य छानविन गर्न सरकारले छानविन समिति बनाएको थियो।

गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुझाएको हो।

 

प्रतिक्रिया दिनुहोस्