
१२ साउन, काठमाडौं। नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध र धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ। बाराका ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।





