सरिता गिरीको रिक्त प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौला निर्वाचित



१२ साउन २०७७, काठमाडौं

तत्कालीन समाजवादी पार्टीबाट निष्कासित प्रतिनिधिसभाकी सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई निर्वाचित गरिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए।

‘निर्वाचन आयोगले लीलादेवी सिटौलालाई निर्वाचित भएको घोषणा गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको राजपत्रमा सूचना प्रकाशित गर्न र सम्बन्धित संसद् सचिवालयमा लेखी पठाउने काम भएको छ।’

नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दार्ता गराएको तथा मतदानमा भाग नलिए पछि पार्टीले गिरीलाई निस्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्