घर जलाईएका चेपाङलाई तत्काल घर बनाईदिन जनार्दनको आग्रह



janardan sharma_ Janardan Sharma'Prabhakar'

१२ साउन २०७७, काठमाडौं

नेपाल कम्युष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायलाई तत्काल घर बनाइदिन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल मार्फत नेता शर्माले चितवन माडी ९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर नष्ट गरेको प्रति दोषीलाई कारवाही गर्दै गल्ति सच्याउन सरकारलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।

केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्