प्रचण्डको निर्देशन पछि चेपाङहरुको सुरक्षित आबास निर्माण हुने



काठमाडौं । चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलास्थित चेपाङ बस्तीमा केही दिन अगाडि त्यहाँका निकुञ्ज प्रशासनले आगजानी गर्नुको साथसाथै हात्ती लगाएर घरहरु भत्काएको कुरा सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध पश्चात् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गम्भीर ध्यानाकर्षन भएको थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा पञ्चायकालको झ(झल्को आउनेगरि भएको उक्त घट्न प्रति प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारीगरि विरोध जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका थिए भने एकमहिना भित्र चेपाङहरुलाई सुरक्षित आबास निर्माण गर्न निर्देशन दिएका थिए ।

सोही अनुरुप आज उक्त घट्नको स्थलगत अनुगमनका लागि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाल, मानवअधिकारबादी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु राहत सामाग्री बोकेर पुगेका थिए ।

प्रचण्डको निर्देशन बमोजिम पीडितहरुलाई एक महिना भित्र सुरक्षित आबास निर्माण गरिने माडी नगरपालिका मेयर ढकालले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्