दोषीमाथि कारबाही गरियोस्, न्याय स्थापित होस्ः प्रवक्ता श्रेष्ठ



११ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालयको निर्णयप्रति प्रश्न उठ्नु दुःखद रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत न्यायलय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्नेगरी भएको निर्णयप्रति असतुष्टि जनाएका छन्।

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल सजाय पाएका कोइराला सर्वोच्चले कैद छोट्याइ बिहीबार जेलमुक्त गराएपछि न्यायलयमाथि प्रश्न उठिरहेको छ ।

यही विषयलाई लिएर सत्तारुढ दल नेकपाका प्रवक्ता श्रेष्ठले पनि असतुष्टि जनाएका छन्।

‪के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ? बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ? हद भयो ,असह्य भयो। न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतस् अभ्यास गरौं र बिकास गरौं । अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला? समयमै सबैले सोचौं।परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।

असार १५ गते दुवै अदालतको फैसलाविपरीत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कैद घटाएर ८ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो। अहिले यसको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्