सुनसरीका वन कार्यालय प्रमुख रामबाबु साह घुस सहित पक्राउ



११ साउन २०७७, काठमाडौं

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डि.एफ.ओ.) रामबाबु साह घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई अवैध रकम लिई कार्यालयको सवारीसाधन सहित रौतहटतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको पाँच लाख त्रिपन्न हजार रकम फेला परेकोले हाल उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्