राष्ट्राध्यक्ष सीका क्षणहरु: चिलिनको निरीक्षणमा राष्ट्राध्यक्ष सीको जोड, चौधौं पञ्चवर्षीय योजना चीनको नयाँ यात्राको प्रथम पञ्च वर्ष



१० साउन २०७७, काठमाडौं

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले २२ तारिखदेखि २४ सम्म चिलिन प्रान्तको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले केन्द्रिय समितिको निर्णयलाई व्यवहारमा उतार्दा स्थिरताका साथ प्रगति भन्ने मुख्य बोल र नयाँ विकास सिद्धान्तको पालना गरी स्थिर तथा प्रत्याभूतिजन्य कार्य राम्ररी गर्नुका साथै उत्तर-पूर्वी चीनको पुनरूत्थान रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिनुभएको छ।

उहाँका अनुसार, आगामी वर्ष चीनले “चौधौं प ञ्चवर्षीय योजना” सुरू गर्नेछ। “चौधौं पञ्चवर्षीय योजना”को अवधिमा चीनले समाजवादी आधुनिक देशको चौतर्फी निर्माण गर्ने नयाँ यात्राको प्रथम पञ्च वर्ष हुनेछ। यो “चौधौं पञ्चवर्षीय योजना” विकासका लागि ज्यादै महत्वपूर्ण रहेको छ।

वर्तमान विश्वमा ठूलो परिवर्तन हुँदै चिनियाँ विकासको भित्री सर्त तथा बाहिरी वातावरणमा पनि गहिरो तथा जटिल परिवर्तन हुँदैछ। अर्थतन्त्र तथा समाजको निरन्तर तथा स्वस्थ विकास गर्नका लागि गहिरो रूपमा अनुसन्धान, सर्वेक्षण तथा निर्णय गरी वैज्ञानिक रूपमा निर्णय गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्