वर्तमान चीन र अमेरिका सम्बन्धको जिम्मेवारी पूर्ण रूपमा अमेरिकाले लिनुपर्ने चीनका परराष्ट्र मन्त्री वाङ यीको भनाइ



जुलाई २४ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यी र जर्मनीका विदेश मन्त्री हेइको जोसेफ मासले भिडियो वार्ता गर्नुभयो। वार्तामा परराष्ट्र मन्त्री वाङ यीले चीन र अमेरिका बीचको सम्बन्धबारे जानकारी दिनुभयो।
परराष्ट्र मन्त्री वाङले वर्तमान चीन र अमेरिकाबीचको अवस्थाको जिम्मेवारी पूर्ण रूपमा अमेरिकाले लिनुपर्छ, भन्नुभयो। उहाँले भन्नुभयो, ‘अमेरिकाको उद्देश्य चीनको विकास प्रक्रियालाई पूर्णरुपमा अवरोध पुर्याउनु हो, यस उद्देश्यका लागि यसले कुनै पनि खराब कुरा गर्न सक्छ।’
मन्त्री वाङले चीन अझै पनि अमेरिकाबाट सहमति, आपसी सम्मान, र साझा जीतको पक्षमा उभिने आशामा रहेको व्यक्त गर्नुभयो। तर चीनले दृढतापूर्वक राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय प्रतिष्ठाको रक्षा गर्ने बताउँदै उहाँले विकासको अधिकारको दृढतापूर्वक रक्षा गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्