भक्तपुरको झौखेलमा पहिरो, पहिरो रोकथाम गर्ने नेता ढकालको प्रतिबद्धता



०९ साउन २०७७, काठमाडौँ

उपनिर्वाचन बाट पराजय व्यहोरेका भक्तपुर नेकपाका डिपी ढकाल जनताको घरदैलोमा निरन्तरता दिने क्रममा आज भक्तपुरको झौखेलमा आकस्मित् पहिरो जादाँ जनतामाझ पुगेका हुन् ।

हिजो बेलुका मात्र झौखेलको दाहाल गाउँमा अकस्मात पहिरो गएपछि ढकालले स्थलगत अवलोकन गरेका हुन् । मानवीय क्षति कुनै नभएको दाहाल गाउँमा ढकालले पहिरो गएको ठाउँमा सकेसम्म सरकारबाट र स्थानीय तहबाट केही बजेट बिनियोजन गरेर जनतालाई सहयोग गर्ने बचन बद्धता व्यक्त गरेका छन् ।

यद्यपि आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर भक्तपुरको समग्र विकासमा उनले केन्द्र सरकारसँग समन्वयन गरेर धेरै ठाउँमा विकास गरेर जनताहरुलाई सहयोग गरेको स्थानीय बासीहरु बताउँछन् । कहाँ, कति र कुन ठाउँमा एकिन भन्न नसकेतापनि धेरै ठाउँमा ढकालले नै विकास निर्माणमा सहयोग गरेको अर्का स्थानीयबासी विश्वराम खड्काले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

नेता ढकाल हाल उर्जा सिचाँई जलस्रोत मन्त्री बर्षमान पुन अघिल्लो पटक अर्थमन्त्री हुदाँ प्रमुख स्वकिय सचिव भएपश्चात उनलाई केन्द्रदेखि स्थानीय तहसम्म बजेट बिनियोजन गराउन अलि सहज भएको जानकारहरु बताउँछन् । हाल भक्तपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ निर्वाचित महेश बस्नेतसँगको समन्वयनमा काम गर्दा अझ सहज भएको नेकपा भक्तपुरका अध्यक्ष बच्चन देउजाले परिवर्तन खबरसँगको कुराकानीमा बताएका छन् ।

उपनिर्वाचन बाट विजय भएका कृष्ण भडेलले जनताको दुखमा साथ नदिएको दुख पोख्दै एकजना साधुराम दाहाल बताउँछन्, “हामीले चुनाव जिताएर पठायौँ तर जितेदेखि अहिलेसम्म अनुहार देखाउन आएका छैनन् । चुनाव त फेरि पनि आउँला नि” ।

प्रतिक्रिया दिनुहोस्