न्यूरोडमा सुन लुट्ने २ जना व्यक्ति प्रहरी फन्दामा



०९ साउन २०७७, काठमाडौं

न्यूरोडमा सुन लुटपाट गरी फरार २ जना व्यक्ति प्रहरी फन्दामा परेका छन् ।

प्रहरी नायब उपरीक्षक सुनिल जंग शाहको निर्देशनमा अपराध गरेर फरार भएका अभियुक्तहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

हिजोमात्र अन्दाजी ४ बजे श्रृति शाक्य काठमाडौं महानगरपालिका झोछेस्थित(न्यूरोडको भित्री सडक) सडक गल्लीमा हिडिराखेको बेला अपरिचित मान्छेले आफूले लगाएको सिक्रि कसैले लुटेर लगेको भनी न्यूरोड जनसेवा प्रहरी कार्यालयमा उजुरी गरे लगत्तै २४ घण्टा बित्न नपाउँदै प्रहरीले सिसिटीभी फुटेजका आधारमा चोरी गर्ने व्यक्ति पत्ता लगाई सम्बन्धित व्यक्तिलाई उक्त सुन फिर्ता दिलाएका छन् ।

चन्द्रागिरी नगरपालिका बस्ने बर्ष ३१ को अकेश नकर्मी र नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका १४ नैकाप बस्ने २८ बर्षिया विक्की मगरलाई गिरफ्तार गरी जाँचबुँझ गरिएको थियो । उक्त क्रममा डल्लूमा रहेको माँ हारती शरण सुनचादीँ पसलमा लगेर १६ हजार ५ सयमा पसलका सञ्चालक अशोक शाक्यलाई विक्रि गरेको खुल्न आएको र सोही पसलबाटै सोही बेलुका अन्दाजी ७ बजे उजुरीकर्ता नेहा शर्मालाई सुन फिर्ता गरिएको छ ।

सुन खरिद विक्रि गर्ने ३ जनालाई नै कानून अनुसार मुद्धा चलाइने प्रहरी नायब उपरीक्षक शाहले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्