बालुवाटारमा ओली र प्रचण्डबीच २ घण्टा छलफल



०९ साउन २०७७, काठमाडौं

पार्टी विवादमा सहमति खोज्ने विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार करिव २ घण्टा ओली प्रचण्डबीच स्थायी समिति बैठक, अर्लि महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको हो ।

नेकपा भित्रकै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीको राजीनामा माग्दै आएका छन् । तर ओलीले आगामी मंसिरमा अर्लि महाधिवेनमार्फत नेतृत्व हस्तान्तरण गर्ने भन्दै महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्तावमा दाहाल–नेपाल पक्ष सहमत भएका छैनन्।

सोही विषयमा विवाद भएपछि गत मंगलबार बसेको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको हो । सहमति खोज्ने भनिएपनि मंगलबारयता ओली प्रचण्डबीच भेटवार्ता भएको छैन । शुक्रबार दुई नेताबीच सम्बाद भएपनि कुनै निश्कर्षमा नपुगेको ओली प्रचण्ड निकटका नेताहरुले जनाएका छन् ।

शुक्रबार ओलीसँगको छलफलसँग अध्यक्ष प्रचण्ड तुलसीलाल प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका छन् । नेकपाको स्थायी समिति बैठक आगामी १३ गते बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्