नेकपाबाटै निर्वाचित उपमेयरले ‘धिक्कार छ दुईतिहाइको सरकार’ भन्दै राजीनामा घोषणा गरिन्



उदयपुरस्थित बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् ।

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार

बुधबार साँझ फेसबुकमा ‘काला कर्ततु’ स्वीकार गर्न नसक्ने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिने बताएकी हुन् । त्यसका लागि उनले जनतासँग माफी पनि मागेकी छन् ।

तर विषय के हो उनले खुलाएकी छैनन् । सञ्चारमाध्यममा उनले दिएको अन्तर्वार्ताअनुसार नगरपालिकामा व्यापक भ्रष्टाचार बढेकाले राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् । चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् । अहिले भने उनी नेकपाकी नेतृ हुन् ।

 

Chaudhary Rajkumari

on Wednesday

उप मेयर पद पार्टिलाई हस्तान्तरण गर्न चाहन्छु जन्ता सङग माफि माग्न चाहन्छु ।कालाे कर्तुतहरुकाे विषयमा कार्यन्ययन हुदैन ।धिकारछ छ दुई तिहाइ सरकार ।

प्रतिक्रिया दिनुहोस्