सीतापाइला एसिड घटना, युवतीले अर्को केटा मन पराएको भन्दै एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धान



०९ साउन २०७७, काठमाडौं

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्