गुन्डागर्दीमा संलग्नलाई छुटाउन प्रहरी उपरिक्षक पन्तमाथी दबाब



कालिकामाई गाउँपालिकामा राजनीतिक आड लिएर गुन्डागर्दी गर्ने केही व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरूलाई छुटाउन प्रहरीमाथि दबाब आएको छ ।

पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले प्रहरीमाथि दबाब आउनु सामान्य भएको बताइन् । ‘दबाब त हरेक मान्छे पक्राउ पर्दा आउँछ । यो नेपालकै ट्रेन्ड हो,’ उनले भनिन् ।

‘त्यस्तो ठूलो केसका लागि ल्याइएको होइन । गाउँघरमा गुन्डागर्दी गरेको फेला परेपछि त्यसलाई इस्यु बेसले हेरौं भनेर ल्याइएको हो,’ उनले भनिन् ।

पन्तले कोही व्यक्ति पक्राउ परेको खबर मिडियामार्फत सार्वजनिक हुँदा केही व्यक्तिले लाभ लिने गरेको बताइन् । उनका अनुसार पक्राउ परेका व्यक्तिलाई छुटाउन केही समूह लागेकाले उनीहरूमाथि पनि थप अनुसन्धान भइरहेको छ ।

‘हामीले स्पष्ट रूपमा आपराधिक गतिविधिमा संलग्नमाथि कारबाही गर्न खोजेका हौं । उनीहरुका पछाडि अरू मान्छे लागेपछि अर्कै हिसाबले अनुसन्धान गर्नुपर्ने हुन सक्छ,’ पन्तले भनिन् ।

प्रतिक्रिया दिनुहोस्