प्रधानमन्त्री भेट्न किन बालुवाटार पुगे देउवा ?



काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा किन बालुवाटार पुगे भन्ने निकै चासोको विषय बनेको छ । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई कोरोना र बाढी पहिरोका विषयमा विशेष ध्यानाकर्षण गराएका छन् ।

भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग राखेका हुन् ।

सभापति देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए । पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि प्रधानमन्त्री ओलीसँग उनको आग्रह छ । बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुनगलमभाष्लभर्मथापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्