वीरगञ्जका एक वृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि



वीरगञ्ज – वीरगञ्जमा गएको मंगलबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको स।क्रमण पुष्टि भएको छ।

वीरगञ्ज माइस्थानका ७० वर्षे वृद्धको उपचारको क्रममा नारायणी अस्पताल मातहतको कोभिड–१९ अस्थायी अस्पताल गण्डकमा साउन ६ गते निधन भएको थियो ।

वृद्धको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको डा उदय नारायण सिंहले जानकारी दिए । मृत्यु लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा बुधबार राति आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

स्वास स्वासप्रस्वासमा समस्या उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक वृद्धको शव अहिले गण्डक अस्पतालमै राखिएको छ । योसँगै नेपालमा कोरोनाले मृत्युु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्