परिवर्तन खबरको सम्पादकमा आनन्द पुन नियुक्त



०७ साउन २०७७, काठमाडौं

२०५६ सालदेखि पत्रकारितामा क्रियाशील आनन्द पुनले बुधबार (आज)बाट परिवर्तन खबरको सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।

मध्यान्ह दैनिक, साप्ताहिक विमर्श हुँदै प्राय दैनिक पत्रिकाहरुमा राजनीतिक बिटमा कलम चलाउँदै आएका पुनले यसअघि नेपाल टक र नेपाल न्यूज प्रेसमा २/२ वर्ष सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली र राजनीति शास्त्रमा स्नात्तकोत्तर गरेका पुन एचडी नाइस टेलिभिजनमा साप्ताहिक ‘नेपाल टक’ का प्रस्तोता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्