‘अमेरिकामा कोरोना महामारी थप विध्वंशकारी हुनेछ’ – ट्रम्प



०७ श्रावन २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन् ।

यस अघि यस्तो प्रकारको सावधानीको खिल्लीसमेत उडाएका ट्रम्पले कोरोनाबारे दैनिक पत्रकार सम्मेलन पुनः सुचारु गर्दै सबै अमेरिकीलाई फेस मास्क लगाउन अपिल गर्दै यसको असर लामो समयसम्म रहने बताएका छन् ।

महिनौंपछि मंगलबार आफ्नो पत्रकार सम्मेलनका क्रममा उनले निकै सम्हालिँदै त्यहि कुरा दोहोराए जुन कोरोना टास्क फोर्सका अधिकारी र स्वास्थ्य विशेषज्ञले भनिरहेका थिए ।

त्यतिबेला उनले दुर्भाग्यले महामारी ठिक हुनु अघि नै यो थप विध्वंशकारी हुने चेतावनी दिए । उनले भने, ‘हामी सबैले भनिरहेका छौं कि सामाजिक दुरीको पालना गर्न सक्नुहुन्नँ भने मास्क लगाउनुहोस् । मास्क तपाईंलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ तर यसको असर त पक्कै हुन्छ ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्