घुस सहित गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर पक्राउ



०६ साउन २०७७, काठमाडौं

सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस रकम लिईरहेको अवस्थामा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनियर किशोर मोक्तानलाई पक्राउ परेका छन् । मंगलबार (आज) अपराह्न १ बजे  अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे।

आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्