गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा



०५ श्रावन २०७७, काठमाडौं

अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकामा छापा मारी दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई सेवाग्राहीसँग घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

‘१ लाख ५० हजार घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत जैशी र ओभरसियर मोक्तान अख्तियारको नियन्त्रणमा छन्,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ ।’

अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । अख्तियारको टोलीलाई थप मद्दतको लागि महानगरीय प्रहरी वृत्त चापागाउँले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्