बूढानीलकण्ठको स्वरुपा टोल डुवानमा, आक्रोसित बने स्थानीयवासी (भिडियो सहित)



०४ श्रावन २०७७, काठमाडौं

देशभर भारी वर्षाका कारण जनजीवन कष्टकर बनेसँगै बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित रहेको स्वरुपा टोल डुवानमा परेपछि स्थानीय समस्यामा परेका छन् ।

समस्यामा परेसँगै वडा तथा नगरले खासै चासो नदिएका कारण स्थानीय आक्रोसित बनेका छन् । स्थानीय बीरबहादुर काफ्ले भन्छन् जहाबाट जसले गरेपनि तत्काल समस्याको समाधान गर्न आवस्यक छ । काफ्लेका अनुसार प्राकृतिक विपतिमात्र नभएर माथिका स्थानीयले ढल मनपरी रुपमा छोडेका कारण स्वरुपा टोलमा थप समस्या भएको हो ।

बाढी तथा डुवान समस्याले बूढानीलकण्ठ ११ को स्वरुपा टोल प्रभावित परेको स्थानीयले जनाएका छन् । स्थानीयहरुबीच समन्वय नगरी ढल मनपरी छोड्नु र पटक–पटक जानकारी गराउँदा वडा तथा नगरले खासै चासो नदिएका कारण यस किसिमको समस्या आएको स्थानीय बताउँछन् ।

स्थानीय तथा बाढी पीडित कमल न्यौपानेका अनुसार ढल तथा बाटो नबनेका कारण आफूहरु मारमा परेका छौं । वडाअध्यक्षले निग्रानी नगरेको र खासै चासो नदेखाएका कारण यो स्थीति सम्म पुगेको स्थानीयको आरोप छ ।

त्यसैगरी बाढी पीडित माधव ढुंगेलका अनुसार स्वरुपा टोल नजिकको एक बोरीङबाट निकालिएको पानिमा समेत माथिबाट आएको ढल र फोहोर मिसिएको छ,  हामी करिव १२० घरधुरीले उक्त बोरिङको दुशित पानी प्रयोग गर्न बाध्य छौं ।

प्रतिक्रिया दिनुहोस्