अनेरास्ववियू र राष्ट्रिय युवासंघको झण्डा दुरुपयोग गरेको भन्दै संयोजक र सहसंयोजको आपत्ति



०४ साउन २०७७, सिन्धुली/बलबीर भुजेल

नेपाल कमन्युष्टि पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवासंघको झण्डा दुरुपयोग गरेको भन्दै अनेरास्ववियू सिन्धुलीका संयोजक गोकर्ण भुजेल  र  राष्ट्रिय युवा संगठनका सहसंयोजको देवराज वाइवाले आपत्ति जनाउर्दै प्रेस विज्ञप्ती जारी गरेका छन ।

संगठनको कुनैपनि निणर्य तथा बैठक बिना र कुनै सहमती बेगर भएको पूर्व माओवादीहरुको गुटको ¥यालीमा अनेरास्ववीयू संयोजक र युवासंघका सहसंयोजकले असहमती जनाएको भएपनि जवर्जस्ती संगठनको ब्यानर तथा झण्डा प्रयोग गरेका भन्दै बिज्ञप्ती जारी गरेको हो ।

बिज्ञप्तीमा भनिएको छ, पार्टी एकता पश्चात गठन भएको अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नाममा संगठन , पार्टीको झण्डा र व्यानरको दुरुपयोग गरी कुनै पनि संस्थागत सर–सल्लाह र निर्णय नै नगरी सिमित नेताको उपस्थितमा कार्यक्रमको नाममा एकीकरण पश्चात गठन भएको संगठनमा एक पक्षीय ढंगले कार्यक्रम गरी जुन किसिमको अराजकता सृजना गरिएको छ यसले विधि र पद्धतिको ठाडो उलंघन गरिएको,फुटलाई मलजल गर्ने गतिविधि प्रति हाम्रो घोर आपत्ति रहेको छ । यी यस्ता गतिविधिले पार्टी एकताको मर्म र भावनालाई एकता बनाउने भन्दा पनि फुट सृजना गराउने निश्चित छ । यी यस्ता हर्कत गर्ने जो कोहीलाई कारवाहीको भागीदार बनाइयोस भनी पाटी नेतृत्वलाई अनुरोध गर्दछौँ । साथै संगठनको आधिकारीक निर्णय विना भएको यस कार्यक्रममा संगठनको कुनै पनि संलग्नता नरहेको जानकारी गराउदछौँ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात (कोभिड–१९)को विरुद्ध सम्पूर्ण शक्तिहरु एक जुट भएर लडिरहेको सन्दर्भमा हाम्रो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालमा वर्तमान सरकारको नेतृत्व गरिरहेको छ । जनताको माझमा जनपक्षिय काम गरेर नेपालको सार्वभौमिकता र स्वाभिमानको सवालमा, राष्ट्र र राष्ट्रियताको सवालका यो सरकारले गरेको काम र निर्णयहरुले हरेक नेपाल र नेपालीको शिर उच्च भईरहेको छ । सरकारले हरेक जनताको अभिभावकत्व ग्रहण गरिरहेको अनुभुति भईरहेको छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीलाई फुट सृजना गरेर विभाजन गर्न, सरकारको लोकप्रियता गिराउन विभिन्न खालका देशी विदेशी शक्ति मिलेर पार्टी आन्तरिक जीवनमा किचलो सृजना गरिरहेको छ । यो विषय प्रति हामी अत्यन्त चिन्तित र दुःखी तुल्याएको छ । जनताको अभिमतको कदर गरी स्थायी सरकार, पार्टी एकता कायम गर्न हामी हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्