बाँके प्रहरी प्रमुख रानाको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न



०४ साउन २०७७, काठमाडौं

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको संयोजन तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा ‘जीवन रक्षाका लागि रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र बाँके तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० गणेशमान चोक स्थित लागू औषध परामर्श केन्द्रको प्राङ्गणमा उक्त रक्तदान कार्यक्रम सम्पन्न् गरिएको हो ।

कार्यक्रममा प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कार्यरत ९८ जना प्रहरी कर्मचारी र ३ सर्वसाधारण गरी जम्मा १०१ जनाले रक्तदान गरेका थिए ।

सबै रक्तदाता तथा रक्तदानमा खटिएका डाक्टर र स्वयम्सेवकहरुलाई सामुदायिक सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर र बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले प्रमाण–पत्र वितरण गरी धन्यवाद ज्ञापन गरेका थिए ।

यो पनि पढ्नुहोस् : 

बाँकेमा ४ केजी १७५ ग्राम अफिम सहित भगिलाल पुन पक्राउ

बाँकेमा जुवातास खेलिरहेको अवस्थामा ५ व्यक्ति पक्राउ

बाँकेमा एसपी रानालाई पहिलो सफलता, १० वर्षदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ

बाँकेका नयाँ एसपी ओमबहादुर रानाको १७ बुँदे कार्य योजना

बाँकेमा एसपी रानाको १५ दिन (उपलब्धीसहित)

प्रतिक्रिया दिनुहोस्