फेरि स्थगित भयो नेकपा स्थायी समिति बैठक



०४ श्रावन २०७७, काठमाडौं

आइतबार तय भएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन: साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए । यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

सहमतिकाे प्रयासस्वरुप हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीबाट महाधिवेशनको प्रस्ताव आएपनि त्यसमा सहमति जुटिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्