
०३ साउन २०७७, काठमाडौं/धर्मसिह धामी
पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले हैकमवादी र तानाशाही शैलीमा स्थानीय सरकार चलाईरहेका छन् । सस्तो लोकप्रियता कमाउन कुनै पनि विधि प्रक्रियामा नगई विभिन्न शिर्षकमा आसेपासे कर्मचारी नियुक्ति गरेका छन् ।
गाउँपालिका अध्यक्ष बमले कर्मचारी थेग्न नसकेर साउन १ गते बाट हटाउने घोषणा गरिसकेका छ्न । कर्मचारीको बिरोधबाट बँच्न पार्टीको निर्देशनमा भन्दै सामाजिक संजालमा लेखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तो जिम्मेवार दलले कुनै पनि हालतमा जनताको रोजीरोटी माथी खेलवाड गर्दैन । गाउँपालिका अध्यक्ष बमले पार्टीको बदनाम गराउने षड्यन्त्र गरेको कुरा प्रष्ट देखिएको गाउँपालिकाका एक सदस्य बताउँछन् ।
नौ–नौ महिनासम्म कर्मचारीको तलब निकासा नगरेको सामाजिक सुरक्षा भत्ता नबढाएको, उधारो योजना उपभोक्ता समितिलाई रकम निकासा नगरेका जस्ता प्रशस्त उदाहरण छन् । जब पलातामा जनताले आन्दोलन गरे तब मात्र केहीलाई निकासा गरियो । तेस्रो चौमासिक फागुनमा निकासा हुनुपर्नेमा जेठ महिनामा मात्रै निकासा भएको थियो । पलाता गाउपालिकाले निर्माण कार्यदल गठन गरेको थियो र सो कार्यदलको नाममा करोडौं रुपैया भ्रष्टाचार भएको देखिन्छ । निर्माण कार्यदलका सदस्यहरुले समयमा तोकेको तलब स्केल नपाएपछि कार्यदलका नामका पोशाक पालिका अध्यक्षका अगाडि जलाएका थिए । करिव ९५५ कार्यदल सदस्यहरुले सो निर्माण कार्यदल छोडेर भारतका गल्ली–गल्ली काम खोज्दै घुम्न बिवश छन् । गाउँपालिका अध्यक्षले आफ्नो निजी घर बनाउन सो कार्यदललाई लगाएको थियो र सोही घर बनाइसकेपछि गाउँपालिकाको कार्यलय आफ्नै घरमा राख्ने काम भएको थियो र भाडा दर वर्षको १२ लाख लिने गरेको छन् उनले । अहिले पलाती जनताको बिरोधले कार्यालय सार्न बाध्य भएका छन गाउँपालिका अध्यक्ष बम । निर्माण कार्यदललाई तोकिएको तलब २४,८१५ भए पनि कसैले ६००० कसैले ९००० मात्र पाएका छन् भने कसैलाई आफ्नो खाली चेक दिईएता पनि अझै नसाटिएको ती पूर्व कार्यदलका सदस्यहरु भन्छन् ।
हाल बहालवाला कार्यदलका सदस्य, अन्य क्षेत्रका कर्मचारीले समेत तलब नपाएको गुनासो हाम्रो पार्टीमा आएको छ । आर्थिक वर्ष नसकिदै गाउँपालिका अध्यक्ष र कर्मचारी कार्यलय बन्द गरि धेरै दिन देखि कोही घर कोही कार्यालय भन्दा बाहिर बसेको बुझिएको छ । कर्मचारी सेवाग्राही उपभोक्ता समिति गा पा कार्यलय आउँदा कोहि नदेखी खाली हात घर फर्किने गरेका छ्न ।
गाउँपालिका अध्यक्ष बमले पार्टीलाई बिगत देखि नै अफ्ठ्यारो पार्दै आएका थिए । २०७६/०५र०९ गते नेकपा गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा जिल्ला अध्यक्ष, सचिव र प्रदेश कमिटी सदस्यहरु अथिती भएको कार्यक्रम बिथोल्न आफू खुशी नियुक्ति गरिएका गाउँपालिकाका कर्मचारी हलमा घुसाई उक्त कार्यक्रम बिथोल्न र अथितीहरुको अपमान गर्ने हर्कत गाउँपालिका अध्यक्ष बमले दृष्टान्त सर्बबितितै छ । त्यसपछि वडा–वडामा पार्टी एकता अभियान संचालन पार्टी कमिटीले गर्दैगर्दा अध्यक्ष बमले प्रदेशमा पार्टी एकता भएको छैन । उक्त कार्यक्रममा कोही पनि नजानु भन्दै पार्टी एकता अभियानलाई बिथोल्न अर्को अभियान संचालन गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी पलाता गाउँपालिका ६, कालिकोटद्वारा जारी विज्ञप्ती :






