प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट



०२ साउन २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन काठमाडौमा रहेको बाल उद्धार माध्यमिक विद्यालय प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वपछि नेपाल सरकारबाट नमूना विद्यालयमा छनोट हुन सफल भएको छ ।

बाल उद्धार माविलाई नमूना विद्यालय बनाउन प्रधानाध्यापक पण्डित सहितको मुख्य समूह विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नियमित तलबमा खट्दै आएका छन् ।

२०४६ सालमा एउटा टहराबाट शुरु भएको बाल उद्धार स्कूल देउसी भैलो खेली आर्थिक संकलन गर्ने देखि महापुराण लगाएर भौतिक पूर्वाधार विकास गर्दै अघि बढीरहेको छ । हाल बाल उद्धार माविमा ५६ जिल्लाका १५०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय प्रशासक सत्येन्द्र अर्यालले परिवर्तन खबरलाई बताए ।

विद्यालय स्रोतका अनुसार विद्यालयलाई नमूना बनाउने अभियान नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाकार डा. राजन भट्टराई, शिक्षामन्त्री गिरीराजमणी पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतम, बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव खरेल र बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले विशेष योगदान पुर्‍याएका छन् ।

यो पनि पढ्नुहोस् :

बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित

अनुभवी र विज्ञ शिक्षकमाथि राजनीति किन ?

निर्दोष विनोद पण्डित न्याय नजिक

बालउद्धारको +२ मा धमाधम भर्ना : निजी विद्यालय भन्दा राम्रो नतिजा ल्याउने प्र.अ.को दावी

‘न्याय नपाए बूढानीलकण्ठ जानू’

नयाँ प्रअको आगमनले फेरिदै बालउद्धार

प्रतिक्रिया दिनुहोस्