बाँकेमा जुवातास खेलिरहेको अवस्थामा ५ व्यक्ति पक्राउ



३१ असार २०७७, काठमाडौं

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११, गोलपार्क स्थित टोल प्रसाद हमालको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद रु. २,०५,४५०।– र १ गड्डी तास सहित रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ बस्ने प्रकाश रिसाल, रमेश गिरी, टंक बहादुर रोकाया, भिम बहादुर शाही र टोल प्रसाद हमाल रहेका छन् ।

यो पनि पढ्नुहोस् : 

बाँकेमा एसपी रानालाई पहिलो सफलता, १० वर्षदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ

बाँकेका नयाँ एसपी ओमबहादुर रानाको १७ बुँदे कार्य योजना

बाँकेमा एसपी रानाको १५ दिन (उपलब्धीसहित)

प्रतिक्रिया दिनुहोस्