
३० असार २०७७, काठमाडौं/दिपु बर्णवाल
विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा नेपाल युवा परिषद्ले आयोजना गर्न लागेको छ ।

सो राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा निर्वाचनमा युवाको भूमिका, सुशासन, जलवायु परिवर्तन, लैङ्गिक समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दीगो विकास लक्ष्य र दीगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको छ र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्नेछ ।
कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।





