बूढानीलकण्ठ–१ का ४६ बर्षीय पुरुषले जिते कोरोना



३० असार २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का ४६ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका छन् । उनलाई कोरोना संक्रमण देखिएसँगै टेकु अस्पतालमा उपचारार्थ लगिएको थियो ।

पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । पछि टेकु अस्पतालमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले उनलाई घर फर्काइएको वडाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी गराएका छन् ।

त्यस्तै वडा नं १ का अब कुनै पनि जोखिमपूर्ण अवस्था नरहेको जानकारी गराउँदै अध्यक्ष लामाले वडावासीमा सचेतना अपनाउनका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्