
२९ असार २०७७, काठमाडौं
कोभिड १९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन् ।
१८ जुन २०२० मा पहिलो उडान भएको क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फकिएका छन् ।
मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएका हुन् । फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरुसहित हिमालय एयरलाईन्स १२ जुलाई २०२० मा नेपाल फर्किएको हो ।
क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएका हुन् । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याईएको छ ।





