अनेरास्ववियु संयोजक ऐन महरले बृक्षारोपण गरी मनाए जन्मदिन



२८ असार २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले भरतपुरको सप्तगण्डकी क्याम्पस परिसरमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

अनेरास्ववियु चितवनका नेता ऋषिकेश रेग्मीको पिता प्रेमप्रसाद रेग्मीको निधन प्रति शोक व्यक्त गर्न चितवन आएका महरले वृक्षरोपण गरेर जन्म दिन मनाएका हुन् ।

सोही अवसरमा उनले विद्यार्थीहरुसँग समसामयिक राजनीतिबारे विचार राख्ने क्रममा अहिलेको अवस्थामा सरकार परिवर्तन गरिए जनतालाई धोका हुने बताए । जनताले पाँच वर्षको स्थायित्वको म्याण्डेड दिएको कुरा कोही कसैले बिर्सन नहुने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्