सांसद श्रेष्ठद्वारा स्थानीय विकास निर्माणको निरीक्षण



२७ असार २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट निर्माणाधिन पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेका छन् ।

उनले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित चमतीको जेष्ठ नागरिक पार्कमा निर्मित परम्परागत शैलीको फल्चा, झोलुङ्गे पुल अघिको बिष्णुमती लिंकरोड क्रसिङ्ग ब्रिज र कामपा वडा नं. १३ को रविभवन नजिक रहेको मनमती खोलामा निर्माणाधिन रितेनिङवाल, ताहाचल चुली मयजु अजिमा देवी मन्दिर परिसर लगायत पार्क निर्माण कार्यहरूको निरिक्षण गरेका हुन् ।

निरीक्षणमा सांसद श्रेष्ठ लगायत कामपा वडा नं. १३ का वडा अध्यक्ष ध्रुव नारायण मनान्धर, वडा सदस्य रामबाबु कोइराला र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्