चिनियाँ व्यापार संघद्वारा गृहमन्त्री जमरकट्टेललाई स्वास्थ्य सामग्री हस्तान्तरण



२७ असार २०७७, काठमाडौं

नेपाल प्रवासी चिनियाँ व्यापार संघले बागमती प्रदेशका गृहमन्त्री शालिकराम जमरकट्टेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

काठमाडौंमा शनिबार (आज) आयोजित कार्यक्रमकाबीच चिनियाँ व्यापारीहरुले गृहमन्त्री जमरकट्टेललाई ७५ सय थान हेड कभर र ५ हजार थान मास्क वितरण गरेका छन् । गृहमन्त्री जमरकट्टेलले  चनियाँ व्यापार संघले हस्तान्तरण गरेको मास्क प्रदेशका सुरक्षाकर्मीलाई वितरण गर्ने जानकारी गराए ।

कार्यक्रममा एशिया प्यासेफिक डेली नेपालका प्रतिनिधि राजन अधिकारीले कोभिड–१९ महामारीको समयमा चिनियाँ संस्थाहरुले नेपालमा गरेको सहयोग प्रति धन्यवाद दिँदै प्रशंसा समेत गरेका थिए ।

नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुवप्रसाद घिमिरेले कोभिड–१९ को शुरुवाती देखि नै व्यापारी संघले पत्रकारहरुलाई सहयोग गरेको जानकारी गराए ।

यो पनि पढ्नुहोस् : 

चिनियाँ व्यवसायीको सहयोगमा बागमती प्रदेशका संचारकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्