नेकपा बागमतीद्वारा बाढी पिडितका लागि समवेदना प्रकट



२५ असार २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीले गए राति सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं. ५ स्थित जम्बु बजारमा ठाडो खोलाको बाढी र पहिरोको कारण मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति  समवेदना प्रकट गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलद्वारा जारी वक्तव्यमा प्राकृतिक प्रकोपको विषम परिस्थितिमा सबैलाई सजग रहन अनुरोध गरेका छन् । साथै बेपत्ताहरुको खोजी कार्य गर्न, घाइतेहरुको शिघ्र उद्धार र घरबारविहिन भएर विच्चलीमा परेकालाई राहतको व्यवस्था गर्न सबै तहका सरकारसँग अपिल गरेका छन् ।

नेकपा बागमती कमिटीद्वारा जारी वक्तव्य : 

प्रतिक्रिया दिनुहोस्