सर्लाहीका प्रहरी सहायक निरीक्षक यादव घुस सहित पक्राउ



२४ असार २०७७, काठमाडौं

प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवलाई पाँच हजार घुससहित पक्राउ गरिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनकै कार्यालय परिसरबाट रङ्गेहात पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक यादवले भारतीय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्