महानायक राजेश हो भनेर आनन्दले सुत्नु नै राम्रो : दीपकराज गिरी



deepak-raj-giri Dipakraj

२४ असार २०७७, काठमाडौं

नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवाल अन्योलमा छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमाल महानायक हो र ?’ भन्ने प्रश्न उठाएपछि सामाजिक संजालमा यो विषयले निकै चर्चा पाएको देखिन्छ ।

यसै विषयमा कलाकार दीपकराज गिरीले ‘महानायक’ राजेश हमाल हो । उहाँलाई नै ‘महानायक’ भन्नुपर्छ । उहाँ होइन भन्नेतिर जाँदै नजाऔँ । अहिले महानायक राजेश हमाल हो भनेर आनन्दले सत्नु राम्रो हो । म अहिले यो बिषयमा चुप लागेर बसेको छु । तै पनि विवादमा तान्ने काम भएको छ ।

यो विषयमा कुनैकुरा पब्लिकले सुन्न चाहँदैनन् । त्यो भन्नुको अर्थ छैन । जुन कुरोमा पब्लिक खुसी हुन्छन्, त्यही भन्दा राम्रो । महानायक राजेश हमाल हो, आजको मितिमा, हिजोका मितिमा र भोलिको मितिमा पनि । ब्यक्ति, राज्य वा पब्लिकले, यो उपाधि कसले दिएको हो, थाहा छैन ।

महानायकको काम, कर्तब्य र जिम्मेवारी के हो ? त्यो कसले छुट्याउने हो ? त्यो हुनु पर्यो । त्यसको जिम्मेवारी उसैले लिनु पर्यो । अहिले राजेश महानायक हैन भन्नेतिर जाँदै नजाऔँ । पब्लिक जे सुन्न चाहन्छ, हामीले अहिले त्यही भन्नुपर्छ ।

यो कार्यकारी पद पनि होइन । आलङ्कारिक पद हो । जसले जसलाई दियो, त्यही महानायक हुन्छ । यसको केही मापदण्ड भए पो यो हो वा यो होइन भन्ने । कुनै ब्यक्तिले अर्काे ब्यक्तिलाई महानायक भनिदिए ऊ पनि महानायक हुनसक्छ । सबैको यो बुझाइ छ । महानायकको काम के ? भनेर केही साथीहरुले प्रश्न उठाएका होलान् । तर महानायक राजेश हमाल नै हो भनौँ ।

केहीले अभिनेता राजेश हमाललाई ‘महानायक’ संज्ञा दिँदै आएका छन् । तर दीपाश्री निरौलाले के आधारमा राजेश हमाल ‘महानायक’ भए भन्ने आशयको प्रश्न खडा गरिन् । राजेशको विषयमा प्रश्न उठाएकै कारण उनले निकै चर्काे आलोचना खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्