ब्राजिलका राष्ट्रपति नै कोरोना संक्रमित



२४ असार २०७७, काठमाडौं

ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका ६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोको मंगलबार आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा बुधबार बिहानसम्म ६६ हजारभन्दा बढीको मृत्यु भएको छ भने १६ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्