गोकर्णेश्वरमा खेलकुदको नाममा व्यापक अनियमितता



२२ असार २०७७, काठमाडौं

जिल्लाको गोकर्णेश्वर नगरपालिकाले खेलकुदको नाममा व्यापक अनियमितता गरेको खुलासा भएको छ । खेल क्षेत्रलाई बदनामी गराउँदै मनपरी खर्च गर्दै आएको नगरपालिकाका खेलप्रेमीहरुको भनाई छ । खेलाडीलाई प्रोत्साहन तथा मजबुद बनाउने ध्यानमाभन्दा आफू निकटका व्यक्तिहरुलाई आँखा चिम्लेर बजेट पारित गर्नेतिर तल्लिन भएकोे आरोप छ ।

लकडाउन उल्लंघन गरी अनलाईन कराते काता प्रतियोगीताको नाममा लाखौँ रकम निकासा गरी खेल क्षेत्रलाई बदनामी बनाउने प्रयास गरेको भन्दै नगरपालिकाभित्रका खेलाडी तथा केही युवाहरुको गुनासो आउन थालेको छ । केही दिनअघि मात्र सामजिक सञ्जाल फेसबुक मार्फत नगरपालिकाको बजेट खेल प्रतियोगीताको नाम गर्दै अनवाश्यक रुपमा रकम खर्चिएको भन्दै चर्को आलोचना गरिएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरेको उक्त तस्बीरमा नेपाली काँग्रेसका नेता स्वर्गीय चक्रबहादुर ठकुरीको स्मृति दिवसको अवसर पारेर ९ औँ उपत्यकाव्यापी वादोरियो कराते अनलाईन काता प्रतियोगीता खेल गराएको थियो । आयोजकमा मनकामना मा.वि.रहेता पनि बजेट भने नगरपालिकाले गरेको बुझ्न आएको छ । असार ११, १२ र १३ गते भएको सो प्रतियोगीताको समापन कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे स्वयंम् सहभागी रहेका थिए ।

कोभिड १९ ले गर्दा देशै भर लक डाउन गरिएको बेला राष्ट्रिय खेलकुद परिषदले समेत कुनै पनि प्रशिक्षण तथा प्रतियोगिता नगराउन बिज्ञप्ती जारी गरेको थियो। राखेपको आदेशलाई अवज्ञा गर्दै खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै प्रश्न उठिरहको बेला नगरप्रमुख समते विवादमा तानिएका छन। लकडाउनको समय विना सूचना नगरको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त प्रतियोगिताले खेल क्षेत्रमा झन चुनौती थपिएको छ । खेललाई अनुशासन र सामाजिक नेतृत्वको भूमिका निभाउने क्षेत्रको रुपमा लिएपनि नगरपालिकाको गतिविधिले खेलप्रेमीहरुलाई निराश पारेको छ। खेल क्षेत्र आफैमा प्रतिस्पर्धात्मक भएकोले खेलाडीहरुको क्षमता प्रर्दशनका लागि गराइएको उक्त प्रतियोगिताले नगरपालिका भित्रकै खेलाडी प्रशिक्षकहरुमा अपमान भएको छ ।

प्रतियोगिताको आयोजनामा पुरस्कारको राशीको घोषणा समेत नगराई गोप्य रुपमा पुरस्कार वितरण गरेको पाएपछि नगरपालिका खेलकुद शाखामा सम्पर्क गर्दा प्रमाणपत्र मेडल र ट्रफि नगरपालिकाले सहयोग गरेको र बाँकी नगद बारे कुनै जानकारी नभएको स्रोत व्यक्ति रामनारायण शाहले बताएका छन् । उनका अनुसार प्रतियोगिता सम्पन्न भएर रकम भुक्तानीका लागि नगरपालिकाको लेखा शाखामा फाईल पुगेको छ । तर खेल गतिविधिबारे जानकारी लिन खोज्दा कुनै रिर्पोट खेलकुद शाखामा नभएको शाह बताउँछन् । हामीले सोधेको थियौँ शाखाको काम कर्तव्य भुक्तानीको लागि सिफारिस मात्र हो ?उनको जवाफ थियो अहिलेसम्म त्यही परम्परा छ । कुनै तथ्यांक छैन् । फेरि सोध्यौँ अनि खेल क्षेत्रको वार्षिक प्रतिवेदनमा के भनेर बुझाउने ? खेल गतिविधि त यही शाखामा हुनपर्ने होईन र ? उनको जावाफ थियो गल्ति भएछ अब सबै विवरण यहाँ पनि राख्छु, सुझावको लागि धन्यवाद !

प्रतियोगीताको आयोजनामा पुरस्कारको राशीको घोषणा समेत नगराई गोप्य रुपमा पुरस्कार वितरण गरेको पाएपछि नगरपालिका खेलकुद शाखामा बुझ्दा मेडल तथा शिल्ड नगरपालिकाले व्यवस्थापन गरेको र बाँकी नगद पुरस्कारबारे कुनै जानकारी नभएको स्रोत व्यक्ति रामनारायण शाहले बताएका छन् । उनका अनुसार प्रतियोगीता सम्पन्न भएर रकम भुक्तानीका लागि नगरपालिकाको लेखा समितिमा फाईल पुगेको छ । तर खेल गतिविधिबारे जानकारी लिन खोज्दा कुनै रिर्पोट खेलकुद शाखामा नभएको शाह बताउँछन् । हामीले सोधेका थियौँ शाखाको काम कर्तव्य भुक्तानीको लागि सिफारिस मात्र हो ? उनको जावाफ थियो अहिलेसम्म त्यही परम्परा छ । कुनै तथ्यांक छैन् । फेरि सोध्यौँ अनि खेल क्षेत्रको वार्षिक प्रतिवेदनमा के भनेर बुझाउने ? खेल गतिविधि त यही शाखामा हुनपर्ने होईन र ? उनको जावाफ थियो गल्ति भएछ अब सबै विवरण यहाँ पनि राख्छु, सुझावको लागि धन्यवाद !

तीनै खेलकुद शाखाको स्रोत व्यक्ति शाहका अनुसार अनलाईन वादोरियो कराते कता प्रतियोगीताको लागि नगरपालिकाबाट ४ लाख रकम सम्झौता भएको छ । ती रकमको भुक्तानीका लागि माग फराम विल भरपाईसहित लेखा शाखामा पुगेको छ । प्रतियोगीतामा उपत्यकाव्यापी भनिएपनि एउटै क्लवका ३०–३५ जना खेलाडी मात्र सहभागी भएको खुल्न आएको छ । पुरस्कार वितरण भने एक पार्टी प्यालेसमा नगरप्रमुख सन्तोष चालिसेबाट गराईको पाएको छ । पुरस्कार राशीमा पनि कति नगद हो भन्ने खुल्न सकेको छैन तथापी पुरस्कारलाई गोप्य राख्नु भनेकै अपारदर्शी ढंगबाट कार्यक्रम सञ्चालन गरेको बुझ्न आएको छ ।

उक्त प्रतियोगीताको व्यानरमा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, नेपाल कराते महासंघ, नेपाल वादोरियो कराते संघ समेतको अफिसियल लोगो प्रयोग गरिएको छ । तर लोगोको बारेमा नेपाल कराते महासंघका केन्द्रिय एक पदाधिकारीसंग बुझ्दा लकडाउनको समयमा कुनै त्यस्तो गतिविधि नभएको र गोकर्णेश्वरमा भएको प्रतियोगीताको बारेमा आफूलाई थाहा नभएको बताएको छ । लकडाउनको समयमा कुनै पनि खेल नगर्न परिपत्र समेत जारी गरेको बेला गोकर्णेश्वर नगरपालिकामा भने व्यक्तिको स्वार्थ पूरा गर्न लाखौ बजेटको प्रतियोगीता भएपछि प्रतियोगीतामाथी नै प्रश्न खडा भएको छ ।

विकास निर्माण बाहेक विभिन्न सामाजिक संघसंस्था, लक्षित वर्ग र खेल क्षेत्रको नाममा मनपरी खर्च गरेको पाएको छ । त्यस्तै लकडाउनका समयमा मात्र विभिन्न शीर्षकमा गरी १ करोड ६८ लखा खर्च भएको देखाएको छ । अनियमितताको प्रश्न उठिरहदा कमिशनको खेलमा लागेर वडाका जनप्रतिनिधिहरु आफै बजेट पार्ने काममा अग्रसर रहेको आरोप पनि स्थानीयहरुको छ । एक नीजि स्कूल आयोजकलाई राज्यको कोषबाट ४ लाख रकम दिन मिल्ने कि नमिल्ने त्यसको लेखाजोखा कस्ले राख्ने ? यो विषय गम्भीर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्