नेपाल स्वयंसेवक संघद्वारा अस्पतालमा उपचारार्थ बिरामीहरूलाई पानी वितरण



२२ असार २०७७, काठमाडौं

नेपाल स्वयंसेवक संघले अस्पतालमा उपचारार्थ बिरामीहरूलाई निःशुल्क पानी वितरण गरेको छ । भूकम्प, कोरोना महामारीलगायतका विपत्तिको सधैँ नै मानवीय सेवा र उद्धारमा सक्रिय रहने गरेको संंस्थाले अहिले उपत्यकामा गर्मी बढेसँगै पानीको समेत अभाव चुलिएपछि निःशुल्करूपमा पानी वितरण गरेको जनाएको छ ।

संघका अध्यक्ष सन्तोष निरौला (तारा)का अनुसार नेपाल स्वयंसेवक संघका सदस्य पेम्बाछिरी शेर्पाको संयोजकत्वमा वीर अस्पतालमा उपचारको क्रममा रहेका झण्डै तीन सय बिरामी र ट्रमा सेन्टरमा उपचारका क्रममा रहेका झण्डै एक सय ५० बिरामीहरूको लागि झण्डै पाँच सय कार्टुुन पानी वितरण गरिएको हो । पानी वितरणको कार्यलाई क्रमैसँग टिचिङ हस्पिटल, पाटन हस्पिटल, भक्तपुर हस्पिटललगायतका सरकारी हस्पिटलहरूमा पनि पु-याउछौँ, अध्यक्ष निरौलाले भने ।

उनका अनुसार काठमाडौँको कपनमा रहेको कपन गुुम्बाको सहयोगमा निःशुल्क पानी वितरण गरिएको हो । यसअघि संघले कोरोना भाइरसको महामारी नियन्त्रण गर्नको लागि सरकारले पूर्णरूपमा लकडाउन घोषणा गरेको समयमा सडकमा बसेर जीवन निर्वाह गर्दै आएका सर्वसाधारणहरूलाई महिनौँ दिनसम्म निःशुल्क खाना खुुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्