को हुन् ? मध्यरातमा परस्त्रीसँग भेटिने वडाध्यक्ष !



२० असार २०७७, सल्यान

वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् ।

असार १७ गते त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग मध्यरातमा भेटिएपछि कारबाहीको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।

श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले सोही दिन पनि घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाइदिएपछि प्रहरीले रातको एक बजे महिलासहित वडाध्यक्षलाई इलाका प्रहरी कार्यालय लुहाम पुर्याएको थियो । वडाध्यक्षले वडा कार्यालयमा तोडफोड भएको भन्दै खबर गरेपछि प्रहरी आएको थियो ।

को हुन् वडाध्यक्ष ?
त्रिवेणी गाउँपालका–४ का वडाध्यक्ष छविलाल शर्मा लुहाममा बस्छन् । श्रीमती र दुई छोरासँग लुहाममा बस्दै आएका वडाध्यक्षका बा–आमा भने फलाबाङमा बस्छन् ।

लामो समयदेखि लुहाम बजारमा खाद्यन्न, किराना, गल्लाको व्यापार गर्दै आएका शर्मालाई नेपाली काँग्रेस सल्यानले स्थानीय तहको निर्वाचनमा टिकट दिएपछि वडाध्यक्षमा बाजी मारेका थिए । असार १७ गते घटना हुनको दिन राती उनी फलाबाङमा रहेका बा–आमालाई भेट्ने भन्दै केरा लिएर हिँडेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्