
१८ असार २०७७, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन्।
यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।





