सुशान्तले आत्महत्या अघि अन्तिम पटक गुगलमा आफ्नै नाम सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक



१८ असार २०७७, काठमाडौं

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा जुटेको भारतीय प्रहरीले हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक गरेको छ ।

भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।

उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्