अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली



१७ असार २०७७, काठमाडौं

मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएको छन् ।

बुधबार अपरान्ह प्रधानमन्त्री ओली मुटुसम्बन्धी परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्