पहाडतिर लाग्यो सलह



१५ असार २०७७, काठमाडौँ

शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताए ।

पाल्पामा पसे
तानसेन समाचारदाता शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।

गुल्मीमा पनि छिरे
तम्घास समाचारदाताका अनुसार रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको आकासमा एकैसाथ धेरै कीरा देखिएपछि स्थानीयवासी आतङ्कित बने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्