
१२ असार २०७७, काठमाडौं
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीलाई पचास हजार घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई धनगढी उप–महानगरपालिका वडा नं.१ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट घुस रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक कार्कीले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी बिष्ट मार्फत सेवाग्राहीसँग घुस लिने गरेका थिए ।





