ललितपुर परिसरका इन्सपेक्टर शाही पक्राउ



१२ असार २०७७, काठमाडौं

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नियन्त्रणमा लिएको छ ।

ललितपुर परिसरमा कार्यरत इन्सपेक्टर रुद्रबहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर सोछपुछ गरिरहेको छ । शाहीलाई ललितपुर परिसरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ब्यूरोले टोलीले केहीदिनअघि लागूऔषध (कोरेक्स) बरामद गरेको थियो । इन्सपेक्टर शाहीको लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको र सहयोग गरेको अरोप लागेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत शाहीलाई केही दिनअघि मात्र परिसर तानिएको थियो । यसअघि बुधबार मात्रै हुण्डी कारोबारीसँग १० लाख मागेको आरोपमा दुई प्रहरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्