राईको उपचारमा बोहोराको सहयोग



११ असार २०७७, काठमाडौं

नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्टिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो। मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधवार रकम हस्तान्तर गरेका हुन्।  उनकी ११ वर्षिया छोरी कसुमी राईलाई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन्।

एपीएफबाट खेल्ने म्याराथन धावक अक्कल बहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

उनको सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा अलावा ब िकोइराला, सुरज बानियाँ, सुवास सापकोटा, बिपिन वुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन्।

प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन्। उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको र पुर्ण रुपमा ठिक गर्न अझै रकम अभाव भएको बताएका छन्।

उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचामा सहयोग गरिदिन सबैसमक्ष अपिल गरेका छन् ।

’नरे दाई’ को नामले चर्चित राई २०६२ साल देखी २०६८ सालसम्म एपिएफबाट खेलेका हुन्। राइट डिफेन्सबाट खेल्ने राइको पालामा एपिएफले पाँचौ स्थान सम्म उक्लिन सफल भएको थियो।

खेलाडी जीवनमा सकृय छदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले।

अहिलेका चर्चित खेलाडीहरु सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो जस्ता खेलाडीहरु राईको प्रशिक्षणमा हुर्केका हुन्।

जागिरे जीवनपछि पैसा कमाउन राई बहराईन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहंदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्