कोरोना भ्याक्सिनको सुरुवाती सफलता, बेलायतमा मानिसमाथि परीक्षणको तयारी



११ असार २०७७, काठमाडौँ

बेलायतमा कोरोना भ्याक्सिन मानिसमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय मानिसमाथि परीक्षण गरिनेछ ।

यो भ्याक्सिनको जनावरमाथिको परीक्षण सफल रहेको र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्ने बताइएको छ ।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्